5 years ago
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतका भरत शर्मा र नेपालकी निरा कायस्थ प्रथम ईन्डो नेपाल पिकलबल च्याम्पियनसिपमा मिक्स डबल्समा फाइनल प्रवेश गरेका छन् ।
भरत र निराको जोडीले नेपालका राधेश्याम मचामसी र मन्दिराको जोडीलाई ११–१ र ११–१ को समान अन्तरमा पराजित गर्दै उपाधी निकट पुगेका हुन् । यस्तै अर्को फाईलन प्रवेश गर्ने टोलीमा भारतका भुपेन्द्र र ईन्द्राको जोडी रहेका छन् । उक्त जोडीले निशान्त र रिशुको जोडीलाई ११–१ र ११–० को सेटमा पराजित गरेका छन् ।
सो स्पर्धामा तेश्रो स्थानमा भारतका निशान्त र रिशुको जोडी तेश्रो भयो । उक्त जोडीले नेपालका राधेश्याम मचामसी र मन्दिराको जोडीलाई ११ – ८, ११ – ६ ले पाखा लगायो ।
नेपाल पिकलबल संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगलतर्फ भारतका मुख्त्यारअली र भुपेन्द्रको जोडी सेमिफाईनल प्रवेश गरेका छन् । उक्त टोलीले भारतका नोवो र कुसुमको जोडीलाई ११–० र ११–० को अन्तरले पराजित गरे ।
यस्तै भारतका गौरव र सनिलको जोडी, भरत र विकासको जोडी तथा रञ्जन र महेशको जोडी पनि सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । ग्यालेक्सी स्कुलमा भएको प्रतियोगितामा महिला एकलमा नेपालका विधी क्षेत्री, केञ्जल चित्रकार, एन्जल राई, ममता खड्का, खुस्वु तिवारी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अर्को चरण प्रवेश गरेका छन् । महिला जोडीतर्फ भारतका पुजा र इन्दिराको जोडीले सफलता हात पारेका छन् ।
यसैगरि पुरुष एकलमा भारतका महेशले नेपालका राजेशलाई ११–२ र ११–९ ले तथा भारतका गौरवले नेपालका राधेश्याम मचामसीलाई ११–२ र ११–२ को समान अन्तरले पराजित गर्दै अर्को चरण प्रवेश गरेका छन् ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]