5 years ago
September 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– किर्गिस्तानमा बिहीबार सम्पन्न नादेझ्दा कपमा दोस्रो भएको नेपाली महिला फुटबल टोली शुक्रबार स्वदेश आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले स्वागत गरेका थिए ।
बिहीबार भएको फाइनलमा उज्वेकिस्तानसँग ३–२ ले पराजित हुँदै नेपालले उप विजेतामा चित्त बुझाउनु परेको थियो । ४ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले उज्वेकिस्तानलाई मात्र हराउन सकेन । आयोजक किर्गिस्तानलाई ८–२ ले हराउँदै दमदार सुरुवात गरेको नेपाल अर्को खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।
राउन्ड रोविनको तेस्रो खेलमा ताजकिस्तानलाई १ –० ले हराउँदै फाइनलमा स्थान बनाएको नेपाल फाइनलमा पुनः उज्वेकिस्तानसँग पराजित भएको थियो । नेपाल उपविजेतामा सिमित भएपनि टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा प्रतियोगितामा निकै चम्किइन् । खेलेका ४ मध्ये ३ खेलमा ७ गोल गरेकी साम्बा च्याम्पियनसिपकी उच्च गोलकर्ता बनिन् ।
सोही प्रतियोगिताका दौरानले उनले नेपालका लागि सर्वाधिक ३५ गोल गर्ने महिला खेलाडी अनु लामासँग बराबरी गरेकी छिन् । स्वदेशमा मंसिरमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीका सिलसिलामा महिला टोली किर्गिस्तान गएको थियो । एन्फाले फेरि आफ्नो पुरानै रवैयालाई निरन्तरता दिने क्रममा टोली फर्कने सञ्चारमाध्यमलाई जानकारी दिएन ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]