default_image

6 years ago

September 13, 2019

अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुजा र स्वस्तिकालाई स्वर्ण

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपालका पुजा कुँवर र स्वस्तिका महर्जनले शुक्रबारदेखि सुरु भएको तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको महिला क्याडेटतर्पm नेपालकी पुजा र स्वस्तिका महर्जनले स्वर्ण जितेका हुन् । पुजाले ४६ केजीमुनिको फाइनलमा लेगदेन तामाङलाई पराजित गरिन् । सो तौलसमूहमा नेपालकै सिमरन मगर र हिमकला जिरेल कांस्यपदक जित्न सफल भए । स्वस्तिकाले ३७ केजीमुनिको फाइनलमा नेपालकै रोजलिन ओझालाई स्तब्ध बनाइन् ।

सोही तौलमा दिया रजक र अंकिता रानामगरले कास्यपदक जित्न सफल भए । युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालित च्याम्पियनसिपमा फाइटतर्पm नै महिला क्याडेटमा नेपालकी रिना लामाले ४४ केजीमुनि स्वर्ण जित्दा फाइनलमा नेपालकै सुमिना खड्गीलाई हराइन् । उक्त तौलमा रुविना श्रेष्ठ र सुजिता तामाङले कांस्य पदक प्राप्त गरे ।

भदौ २९ सम्म सञ्चालन हुने च्याम्पियनसिपको टाइगर्स ब्रुअरी प्रालिका अध्यक्ष तेजेन्द्र खड्काले उद्घाटन गरेका थिए । च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा हुने च्याम्पियनसिपमा नेपालका सातै प्रदेशबाट ६ सय ५० र अन्य १३ राष्ट्रबाट दुई सय १५ खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.