default_image

6 years ago

September 13, 2019

एलए पौडीमा दिया र खानुमालाई स्वर्ण

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दिया डाङी र खानुमा राई १८औं एलए अन्तर बिद्यालय पौडी प्रतियोगितामा स्वर्ण जितेका छन् । शुक्रवार भएको उद्घाटन खेलमा आयोजक स्कुल एलएकी दियाले १४ बर्षमुनिको ५० मिटर बटर फ्लाईमा सुभतारा स्कुलकी जारिया महर्जनलाई पछि पादै स्वण जितेकी हुन् ।

त्यस्तै खानुमाले १५ बर्षमुनिको ५० मिटर बटर ब्याक स्ट्रोकमा आईडियल मोडलकी लेसिया डंगोललाई हराउदै स्वर्ण जितेकी छन् । त्यस्तै १०० मिटर ब्यक्तिगत मिड्लेको १२ बर्षमुनि छात्राको फाइनलमा प्रिमियर इन्टरनेश्नल स्कुलकी रोसा न्योपाने पहिलो र पाठशालाकी भिदुसी गुरुङ दोश्रो भईन् ।

१०० मिटर ब्यक्तिगत मिड्लेको १२ बर्षमुनि छात्रको फाइनलमा डिएभीका अलिभिन महर्जनले स्वर्ण र निसर्ग बाटिकाका युवन लाल श्रेष्ठले कास्य हात पारे । २०० मिटर ब्यक्तिगत मिड्लेको १४ बर्षमुनि छात्रामा सुभतारा स्कुलकी जारिया महर्जनले स्वर्ण तथा आयोजक स्कुल एलएकी काभ्या श्रेष्ठले रजत जितिन् ।

सोहि स्पर्धाको छात्रमा सेन्जेभियर्सका बिबेक महर्जन पहिलो र पाठशालाका किरन नायक दोश्रो भए । त्यस्तै १० बर्ष मुनिको छात्रा २५ मिटर ब्रेस्ट स्ट्रोकमा अक्षरा स्कुलकी सियरा सुभाङगीनी बजगाँई पहिलो र निसर्ग बाटिकाकी वईनबी श्रेष्ठ दोश्रो भईन् ।

छात्र १० बर्ष मुनीको २५ मिटर ब्रेस्ट स्ट्रोकमा प्रिमियरका अजल काजी ताम्राकार पहिलो र जेम्सका सुयोग बस्नेत दोश्रो भएका छन् । १२ बर्ष मुनीको छात्र ५० मिटर फ्रिस्टाईलमा डिएभीका अलबिन महर्जन पहिलो र स्प्रिङडेल एकेडेमीका खेमराज थापा दोश्रो भएका छन् ।

हात्तिवन स्थित आयोजक स्कुलको पौडी पोखरीमा भएको १४ बर्ष मुनीको छात्रा ५० मिटर ब्रेस्ट स्ट्रोकमा मिडलपोईन्टकी रितिना शाक्य पाहिलो । सोहि स्पर्धाको छात्रतर्फ इनोभेटिभका मोहित शाक्य पहिलो भएका छन् । १५ बर्ष मुनी छात्र ५० मिटर ब्याक स्ट्रोकमा आयोजक एलएका स्वर्णिम श्रेष्ठ पहिलो भए ।

१० बर्ष मुनीको छात्रा २५ मिटर बटरफ्यालमा सुभताराकी टिसा महर्जन पहिलो हुदा छात्रतर्फ निसर्गबाटिकाका रेवन्तवहादुर श्रेष्ठ पहिलो भएका छन् । प्रतियोगितामा आयोजक एलएले १४६ अंक,निर्सगबाटिकाले १०२ र संस्कृति इन्टरनेश्नल स्कुलले ४५ अंक जोडेका छन् ।दुई दिने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले गरेका थिए ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.