5 years ago
September 11, 2019
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा पोर्चुगलले युरो कप छनोटमा लिथुआनियामाथि शानदार जित निकालेको छ । लिथुआनियामा मंगलबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिकसहित ४ गोल सहयोगमा पोर्चुगलले घरेलु टोलीमाथि ५–१ को सानदार जित निकालेको हो ।
घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै हावी बनेको पोर्चुगलले खेलको सातौ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको थियो । मिकोलिउनासले जोओ फेलिक्सलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे । २८औं मिनेटमा भेटाउटास एन्ड्रियुसकेभिसले बराबरी गोल फर्काउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।
६२औं मिनेटमा राफा सिल्भाको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल खेलमा २–१ ले अघि बढ्यो । त्यसको तीन मिनेटपछि नै बर्नाडो सिल्भाको पासमा रोनाल्डाले ह्याट्रिक पुरा गर्दा पोर्चुगल खेलमा ३–१ ले अघि बढ्यो । रोनाल्डोको गोल यतिमै रोकिएन । रोनाल्डोले ७६औं मिनेटमा बर्नाडोकै पासमा चौथो गोल गरे । अन्तिम मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ को फराकिलो जित दिलाए ।
पोर्चुगलका लागि ९३ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले समग्रमा आठौं अन्तर्राष्ट्रिय ह्याट्रिक पुरा गरे । उनी आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोड्दै युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने । मंगलबार राति ह्याट्रिक गरेका रोनाल्डोले २५ गोल पुरा गरेका हुन् ।
प्रभावशाली जितसँगै पोर्चुगलले समूह ‘बी’ मा ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लिथुआनिया १ अंकसहित पुछारमा छ ।
यही समूहको अर्काे खेलमा सर्वियाले लक्जेमवर्गलाई ३–१ ले हरायो । सर्विया ७ अंकसहित तेस्रो तथा लक्जेमवर्ग ४ अंक जोडेर चौथो स्थानमा छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।