5 years ago
September 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यु समिट कलेजले दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ ।
शनिवार भएको पुरुषतर्फको फाइनलमा आयोजक न्यु समिटिले बर्नहार्ट कलेजलाई तथा महिलातर्फ एशियन स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोेलोजी(एएसएमटी) कलेजलाई हराउदै दोहोरो उपाधि जितेको हो ।
पुरुषतर्फ बनहार्टलाई ४३–३७ को स्कोरमा हराउदै च्याम्पियन बन्यो भने महिलातर्फ न्यु समिटले एएसएमटी कलेजमाथी ९–८ को कठिन जित निकाल्दै उपाधि चुम्यो । न्यु समिटका लागि पुरुषको जितमा समिर तामाङले सर्वाधिक २२ स्कोर गरे । समिर नै प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए ।
महिलातर्फ कोे जितमा न्यु समिटकी सारिसा धिमिरेको सर्वाधिक ५ स्कोरको योजदान रह्यो । सारिसानै प्रतियाोगिताको उत्कृष्ट खेलाडी चुनिईन् । प्रतियोगिता अवधिभर ८२ स्कोर गदै न्यु समिटका सुसान्त धिमिरेले हाईस्कोेर को उपाधि पाए । महिलातर्फ एएसएमटी कलेजकी मुना तामाङले १८ स्कोर गदै हाईस्कोेरको उपाधि जितिन् ।
प्रतियोगिताको पुरुषतर्फको बिजेताले नगद ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्दा महिलातर्फको बिजेताले १५ हजार र उपबिजेताले १० हजार नगद प्राप्त गरे । बिजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्कका सदस्य सचिव रमेशकुमार सिलवाल र आयोजक कलेज न्यु समिटका प्रिन्सिपल डा. शिवदत्त ज्ञावलीलगायतले पुरस्कृत गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।