5 years ago
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले राष्ट्रिय फुटसल टोलीका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको छ ।
फुटसलका मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले प्रारम्भिक चरणमा रहेका ३७ सदस्यीय टोलीबाट १२ खेलाडी कटौती गरेको हो ।
३७ खेलाडीले भदौ ५ गतेबाट बन्द प्रशिक्षण शुरु गरेका थिए । आशिष कपाली, सन्दीप कार्की, विश्वजित राई, एलिक तामाङ, प्रवेश जोशी, दिपेश श्रेष्ठ, क्रिजल खड्का, मनिष सेढाई, सन्जय राजवहाक, विजय बोहरा, हिमसेल जिसी र मनोज तामाङले दोस्रो चरणमा स्थान बनाउन सकेनन् ।
२० भदौसम्ममा १४ सदस्यीय टोलीको अन्तिम छनोट गरिनेछ । त्यसरी तयार हुने टोलीले अर्को वर्ष हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल खेल्नेछ । छनोट खेल इरानमा अक्टोबरमा हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ ।
नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ । राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्केनिस्तानले सोझै फाइनल चरण खेल्नेछ ।
दोस्रो चरणमा छनोट भएका खेलाडी
१.आदिल हामिद, २.आषिश लामा, ३.अभय राना, ४.अमित लामा, ५.अनिश श्रेष्ठ, ६.अरुज सिंह , ७.विजय गुरुङ, ८.विजय श्रेष्ठ, ९.बिनोद गुरुङ, १०.दिपेश घले , ११.जेनिस प्रजापती , १२.मनि लामा, १३.मिसन लामा, ४.नबिन लामा, १५.नेत्र बहादुर श्रेष्ठ, १६.निर्मल गुरुङ, १७.रविचन्द्र थापा, १८.राफी महर्जन, १९.रुपेश क्षेत्री , २०.सन्जोक चाम्लिङ राई, २१.सरोज तामाङ, २२.सुरज गुरुङ, २३.सुशान्त श्रेष्ठ, २४.सुमित आले, २५.उर्जेन शेर्पा
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।