9 years ago
June 5, 2016
पेरिस, जेठ २३ (एजेन्सी)– झन्डै ५० बर्षयता लगातार टेनिसका ४ वटा ग्रान्डस्लाम उपाधि जित्ने नोभाक जोकोभिच पहिलो खेलाडी बनेका छन् । एन्डी मुरेलाई ३¬–६,६–१,६–२,६–४ ले हराउँदै जोकोभिचले फ्रेन्च ओपन जितेपनि यस्तो कीर्तिमान बनाउका हुन् । चौथो फाइनलमा जोकोभिचले पहिलो पटक फ्रेन्च ओपन जितेका हुन् । शीर्षवरियताका उनको ग्रान्डस्लाम उपाधिको संख्या अब १२ पुगेको छ ।
डन बजले सन् १९६२ र रोड लामाले १९६९ एकै बर्षमा चारवटा ग्रान्ड स्लाम उपाधि जितेका थिए । त्यसयता उनी पहिलो खेलाडी हुन् ।
पहिलो सेट जितेका मुरे त्यसपछि भने कमजोर रहे । गत बर्ष फ्रेन्च ओपनको फाइनल गुमाएयताका जोकोभिचले ग्रान्डस्लामका कुनै पनि खेल हारेका छैनन् । उनले त्यसयताका २८ खेल जितेका छन् । गत बर्ष विम्बल्डन र युएस ओपन जितेका उनले जनवरीमा अस्ट्रेलियन ओपन जितेका थिए ।
पहिलो पटक फ्रेन्च ओपन जितेका २९ बर्षे सर्बियन ६ पटक अस्ट्रेलियन ओपन, तीन पटक विम्बल्डन र दुई पटक युएस ओपन जितेका छन् । अब सर्वाधिक ग्रान्डस्लाम जित्ने तीन खेलाडीमात्र उनीभन्दा अगाडी छन् । रोजर फेडेररले १७, राफाल नाडाल र पिट साप्रासले समान १४ पटक ग्रान्डस्लाम जितेका छन् ।
जोकोभिचले मुरेलाई प्रतियोगिताभर उच्च प्रदर्शन गरेकामा बधाई दिदै भने ‘मलाई विश्वास छ कुनै ठूलो उपाधि तिमिले चाडै जित्ने छौं । ’ जोकोभिचले आफुलाई सधै साथ दिने परिवार, साथी र समर्थकलाई धन्यवाद दिए । उनले थपे ‘मेरो खेल जीवनको विशेष क्षण मध्येको यो एक हो । म सबैलाई धन्यवाद दिन चाहन्छु जसले मलाई साथ दिइरहेका छन् ।’
हारले निराश बनाउको जनाउँदै मुरेले भने ‘मैले चाहेको नतिजा हो होइन, तर जोकोभिचले निकै राम्रो खेले ।’
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]