default_image

6 years ago

September 4, 2019

सातदोबाटोको नवनिर्मित पौडी पोखरीमा पौडी छनोट हुने

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीहरुको अन्तिम छनोट गर्ने उद्देश्यले यहि भदौ २४ र २५ गते नवौं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।

swimming main

प्रतियोगितालाई व्यवस्थित गर्न नेपाल पौडी संघले संघका कोषाध्यक्ष नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ ।

छनोटमा १ सय ५० पुरुष र १ सय महिला गरी करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ । पुरुष/महिलामा समान १४–१४ गरी २८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । १६ पुरुष र १२ महिला गरी २८ खेलाडी छनोट गरिने संयोजक मुस्लिमले जनाएका छन् ।

उक्त प्रतियोगितामा पुरुष/महिलातर्फ ५०, १ सय, २ सय र ४ सय मिटर फ्रिस्टायल, ५०, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोक, वटरफ्लाई र व्याकस्ट्रोक तथा २ सय मिटर इन्डिभिज्युल मिड्ले इभेन्टहरु सञ्चालन हुने छन् । खेलाडी छनोट फिना अंक आधारमा गरिने छ ।

छनोट बाहेक उमेरसमूहका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनि उमेरसमूहको छुट्टै प्रतिस्पर्धा समेत हुनेछ ।

मित्रराष्ट्र चीन सरकारको सहयोगमा मर्मत सम्भार पश्चात सातदोबाटोस्थित पौडी पोखरीमा पहिलोपटक हुन लागेको उक्त प्रतियोगिता निकै भब्य र व्यवस्थित हुने संयोजक मुस्लिमले बताए ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.