default_image

6 years ago

September 4, 2019

सेरेना युएस ओपनको सेमिफाइनलमा

145 views

0 Bookmark

एजेन्सी – अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अर्थर एसे स्टेडियमको कोर्टमा बुधबार राति भएको खेलमा आठौं वरीयताकी सेरेनाले १८औं वरीयताकी चीनकी वाङ क्विाङलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

३७ वर्षीय सेरेनाले वाङमाथि खेलको सुरुवातदेखि नै दवावमा राख्दै ६–१ र ६–० को सहज जित निकाल्न सफल भयो । सेरेनाले वाङलाई पराजित गर्न मात्र ४४ मिनेटको समय खर्चिइन् । २०१९ मा यो नै सबैभन्दा छिटो निस्किएको नतिजा हो ।

सेरेनाले अब सेमिफाइनलमा पाँचौ वरीयताकी युक्रेनी एलिना एसभिटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन् ।
एलिनाले मंगलबार राति नै जोहाना कोन्टालाई ६–४ र ६–४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 30, 2025

झापा र बुटवल लुम्बिनीबीच पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

Success

Thank you for your time.