6 years ago
September 2, 2019
पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्यु डायमन्ड काठमाडौं र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा तीजको अवसरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा आज प्रतिस्पर्धा गर्दैछन् ।
खेल दिउसो १ बजेपछि लामाचौरमा रहेको इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा हुनेछ । डायमन्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई तथा पुलिसले श्री गाँउ खेलकुद बिकास समिति दाङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि भेट पक्का गरेको हो । त्यसअघि तेस्रो स्थानको लागि गण्डकी प्रदेश र श्रीगाँउ खेलकुद बिकास समिति दाङबीच प्रतिस्पर्धा हुनेछ ।
लामाचौर तीज भलिबलको सर्वाधिक सफल टोली न्यु डायमन्ड पाँचौ उपाधि जित्ने अभियानमा हुनेछ । पछिल्लो दुईवर्ष एपीएफसँग फाइनलमा निराश भएको डायमन्ड यसपटक पुलिसलाई निराश बनाउदै उपाधि जित्ने लक्ष्यमा हुनेछ । डायमन्ड २०७० देखि २०७३ सम्मको लगातार च्याम्पियन टोली हो । डायमन्ड आफ्ना मुख्य खेलाडी प्रतिभा माली र सलिना श्रेष्ठ बिनै कोर्टमा उत्रनेछ । प्रतिभा र सलिना दुवै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् ।
सिपोरा गुरुङको साथ पाएको डायमन्डसँग कप्तान ललिता नाथ, पनामिका राई र युवा प्रतिभाहरु वलमिका आचार्य झरना श्रेष्ठ रहेका छन् ।
यता, पुलिस लामो समयपछि तीज भलिबलको फाइनलमा स्थान बनाउन सफल पुलिस लामो समयपछि नै तीज भलिबल आफ्नो पोल्टामा पार्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । यो प्रतियोगितामा डायमन्ड र एपीएफले लगातार सातपटक उपाधि बाड्नुअघि पुलिस र पश्चिमाञ्चल हावी हुने गरेको थियो ।
कोपिला उप्रेती, कोपिला राना, सुशीला थापा, मनिषा चौधरी, पुष्पा चौधरी, तिला चौधरी र केही नयाँ खेलाडीको साथ रहेको पुलिसले समूह चरणमा डायमन्डमाथि ३–२ को कठिन जित निकालेको थियो । समूह चरणमा पाएको जितले आत्मविश्वासी देखिएको पुलिस सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
पुलिसका महत्वपुर्ण खेलाडी उषा भन्डारी, कमला पुन र शान्ति तामाङ राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका कारण टोलीसँग पोखरामा रहेका छ्रैनन् ।
२३औं लामाचौर तीज महोत्सव २०७६ अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा तीज अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले १ लाख, उपविजेतालाई ६५ हजार र तेश्रोेलाई २५ हजार साथमा शील्ड, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।
प्रतियोगिताको पछिल्लो आठौं संस्करण जारी रहँदा डायमन्ड चारपटक तथा विभागीय नेपाल एपीएफ क्लब तीनपटक च्याम्पियन बनेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]