6 years ago
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जीकेएमएएफ) को सद्भावना दूत नियुक्त भएका छन् ।
नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दूत नियुक्त गरेको शर्माले जानकारी दिए ।
फेडेरेसनले अक्टोबरमा अमेरिकाको न्यु जर्सीमा आयोजना हुने हल अफ फेम अवार्ड कार्यक्रमका लागि उनलाई सद्भावना दूत नियुक्त गरेको हो । हल अफ फेम अवार्ड कार्यक्रम अक्टोबर २५ देखि २७ सम्म आयोजना हुनेछ ।
यसैगरी उनी एक्स्ट्रा अर्डिनरी मास्टर इन्स्ट्रक्टर अवार्डका लागि समेत मनोनित भएका छन् । उनी यसअघि जर्मनीमा ‘मास्टर अफ द इयर’ अवार्डबाट सम्मानित भएका थिए । ब्ल्याक बेल्ट पाँचौं डान शर्मा अन्तर्राष्ट्रिय ‘ए क्लास’ रेफ्रि पनि भएको शर्माले जानकारी गराएका छन् ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]