5 years ago
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – निम्स र आयोजक रेडिअन्टले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनलमा निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्समा उपाधि जित्दै दोहोरो उपाधि जित्न सफल भयो । रेडिअन्टले जुनियर ब्वाइजको उपाधिमाथि कब्जा जमायो ।
सिनियर ब्वाइज फाइनलमा निम्सले आयोजक रेडिअन्टलाई ५१–४५ ले पराजित ग¥यो । निम्सको जितमा रोशन जिम्बाले १५ अंक योगदान गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा संगीता बुढाथोकीको ८ अंक सहयोगमा निम्सले द चाँदबागलाई २३–१४ ले हरायो ।
जुनियर ब्वाइजमा उपाधि जित्न रेडिअन्टले सेबमाथि २८–२३ को जित निकाल्यो । रेडिअन्टका राज रोकाले महत्वपूर्ण १५ अंक जोडे । निर्धारित समयको खेल २३–२३ को बराबरीमा सकिएको थियो । थप गरिएको ३ मिनेटमा रेडिअन्टले जित निकालेको हो ।
सिनियर ब्वाइजमा रेडिअन्टका सुवास जिसी, सिनियर गल्र्समा निम्सकी डोल्मा तामाङ र जुनियर ब्वाइजमा रेडिअन्टका राज रोका ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजा नेपालय, सिनियर गल्र्समा जेसिस इन्टरनेसनल स्कुल र जुनियर ब्वाइजमा मोक्सदाले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, रेडिअन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
भदौ ४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिम सहभागी थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।