6 years ago
August 28, 2019
पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा तीज अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
२३औं लामाचौर तीज महोत्सव २०७६ अवसरमा आया्जना गर्न लागेको प्रतियोगितामा साविक विजेता विभागीय नेपाल एपीएफ क्लब सहति ६ टोलीको सहभागिता रहने सशस्त्र प्रहरी बल (एपीएफ) सहित ६ टिमको सहभागिता रहने आयोजक नवआदर्श सामुदायिक विकास समाजले मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
प्रतियोगितामा एपीएफसहित, नेपाल प्रहरी क्लब, होङग्वान्जी न्यू डायमण्ड एकेडेमी, चितवन टाईगर्स, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल भलिबल टिम सहभागि हुने भएको महोत्सवका प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए ।
तीज महोत्सव भदौ १२ देखि १६ सम्म चल्ने भएपनि भलिबल प्रतियोगिता हुने भएपनि खेलहरु १४ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेतालाई ६५ हजार र तेश्रोेलाई २५ हजार साथमा शील्ड, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।
भलिबल खेल संचालन गर्नको लागि समाजलाई करिब १९ लाख रुपैयाँ आर्थिक भार हुने गरेको खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
संस्थाका अध्यक्ष कमलबहादुर थापाले मेला पछिल्लो समय महोत्सवमा रुपान्तरण हुँदा लाख बढी दर्शक भित्रिने गरेकोे बताए । उक्त अवसरमा एकता बुक्स अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिता समेत हुनेछ ।
प्रतियोगिताको आठौं संस्करण शुरु हुन लाग्दा न्यु डायमन्डले लगातार चारपटक उपाधि जितेको छ । तीनपटक एपीएफ च्याम्पियन बनेको छ ।
पहिलो संस्करणमा एपीएफ च्याम्पियन बनेको थियो । त्यसपछि लगातार चारपटक न्यु डायमन्ड च्याम्पियन बन्दा पछिल्लो दुई संस्करणमा एपीएफले डायमन्डलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]