6 years ago
August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा भएको एमके क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागी भएका इमाइल तेक्वान्दो डोजाङका खेलाडीले ५ पदक जितेको छ ।
२३, २४ र २५ अगस्टमा भएको च्याम्पियनसिपमा इमाइलका ३ खेलाडीले स्वर्ण र दुई खेलाडीले कास्यसहित कुल ५ पदक जितेको हो ।
स्वरुप राज राईले पुम्से यु–१० मा कास्य पदक जिते । स्वरुप राज राईले नै स्पाइरिङ ३८ केजीमुनि स्वर्ण, अनलित लिम्बुले ४१ केजीमुनि स्वर्ण र अनिष ठकुरीले ५८ केजी मुनि स्वर्ण जित्न सफल भएका थिए । समिर थापाले ८७ केजीमुनि कास्य जितेका थिए ।
सोही प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्री विश्व राई बेस्ट रेफ्री चुनिए । टोलीको प्रशिक्षकमा विजय थापा रहेका थिए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]