default_image

6 years ago

August 26, 2019

सर्वाधिक धनराशिको पुरुष भलिबल यसै महिना, विजेतालाई ५ लाख!

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ अन्तिम साता सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्नेगरी स्थापना भएको प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता यही भदौ २४ गतेबाट २८ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रगतिशील युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीमा नया उर्जा थप्न राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार हो । नेपालमा संस्थागत रूपमा खेलकुद विकासको थालनी भएको लामो समय भएपनि खेलले अझै उलेख्य फड्को मार्न सकेको छैन ।’ अध्यक्ष थापाले भने, ‘विश्व खेलकुदसँग तुलना गर्दा नेपाली खेलकुद पछि छ । यसैलाई मध्यनजर गर्दै प्रगतिशील यूबा नेपाल खेलकुदमा नयाँ उर्जाका साथ जोडिएको छ । खेलाडीले खेलेरै आफ्नो दैनिकी गुजारा गर्न सकोस् भन्ने हाम्रो लक्ष्य हो ।’

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछ । जुन पुरुष भलिबलमा सर्वाधिक धनराशि हो । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैया हात पार्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ । स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्ने महासचिव सुनिल थापा मगरले जानकारी गराए ।

प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बिकास गुरुङले जानकारी गराए । एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकैपटक कोर्टमा उत्रन पाउनेछ । प्रतियोगिताको अनुमानित खर्च करिव ३८ लाख ५० हजार रुपैया रहने आयोजकको अनुमान छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.