default_image

5 years ago

August 25, 2019

तेक्वान्दोमा नेपाललाई ७ पदक

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा आयोजना भएके एम के क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाएको लैनचौर तेक्वान्दो डोजाङले ६ स्वर्ण र १ रजतसहित ७ पदक जितेको छ ।

तीन दिने च्याम्पियनसिप २३-२५ अगस्टसम्म भएको च्याम्पियसिपमा लैनचौर तेक्वान्दोका ७ खेलाडीले आफ्नो चुनौती पेश गर्दा सबैले पदक जित्न सफल भएका हुन् ।

३७ केजीमुनि दिया रजक, ४४ केजीमुनि सुमिना खड्गी, २५ केजीमुनि सुशान्त भुजेल, ६३ केजीमुनि दिली सुनुवार, ५८ केजीमुनि सुदिप तामाङ र ६८ केजीमुनि सिजन श्रेष्ठले स्वर्ण तथा ४२ केजीमुनि पुनम खत्री,ले रजत जित्न सफल भएको डोजाङ प्रशिक्षक गौरव रजकले जानकारी गराए ।

टिम प्रशिक्षकमा गौरव रजक, टिम प्रमुखमा सानुबाबु महर्जन, व्यवस्थापक विनोद सापकोटा, सहायक व्यवस्थापक दीपक बस्ताकोटी र रेफ्रीमा रमिला खत्री छिन् । १२ सदस्यीय टोलीलाई बिहीबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.