default_image

9 years ago

June 3, 2016

विपना सर्बोत्कृष्ट खेलाडी, मध्यमाञ्चल टिम च्याम्पियन

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा शुक्रबार सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् ।  

 राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सर्वोत्कृष्ट खेलाडी घोषित विपना परियार ।


राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सर्वोत्कृष्ट खेलाडी घोषित विपना परियार ।

युवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर जम्प गर्दै विपना विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । विपनाले ४ गुणा १०० तथा ४ गुणा ४०० मिटर रिलेमा पनि टोलीसंग मिलेर स्वर्ण हात पारिन् । सर्वोत्कृष्ट घोषित भएसंगै खेलकुद मन्त्रालयका सह–सचिव चूढामणि पौडेलले विपनालाई युवा प्रतिभा खेलाडी पुरस्कारबाट सम्मानित गरिने घोषणा गरे । एक लाख राशीको सो पुरस्कार साउनमा हुने कार्यक्रममा प्रदान गरिने छ ।
मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १४.५ सेकेन्ड तथा सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी मन्जु रावतले ५ मिनेट १०.४ सेकेन्डमा पूरा गर्दै विद्यालयस्तरकै कीर्तिमान बनाएका थिए ।
समग्रमा मध्यमाञ्चल टिम च्याम्पियन बन्यो । मध्यमाञ्चलले ३ सय १९ अंक बटुल्यो । दोश्रो भएको पश्चिमाञ्चलले २ सय १९ अंक बटुल्यो । १ सय १८ अंकसाथ मध्यपश्चिाञ्चल तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार जिते ।
फुटबल – मध्यमाञ्चल र पश्चिमाञ्चलाई पहिलो
फुटबलको छात्रामा मध्यमाञ्चल र छात्रमा पश्चिमाञ्चलले उपाधि जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चलाई १–० गोलले पराजित ग¥यो । रजनी ठोकरले निर्णायक गोल गरिन् ।
छात्रको उपाधि भिडन्तमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चलाई १–० गोलले हरायो । मन्दिप बानियाँले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
भलिबल – पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन
भलिबलको छात्रमा पश्चिमाञ्चल च्याम्पियन बन्यो । फाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१७, २५–१२ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२०, २५–१८ र २५–२१ ले हराउदै तेश्रो भयो ।
छात्रामा मध्यमाञ्चलले बाजी मा¥यो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई सीधा सेटमा २५–१४, २५–१७ र २५–१७ ले पाखा लगायो । तेश्रो स्थानमा चित्त बुझाएको मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १९–२५, २५–९, २५–१० र २५–१४ ले पन्छायो ।
कबड्डी- सुप र मध्यमाञ्चल शीर्ष स्थानमा
कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल छात्रमा पहिलो भयो । सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ४८–४१ ले पराजित ग¥यो । पश्चिमाञ्चल पूर्वाञ्चललाई ५३–२२ ले हराउदै तेश्रो भयो ।
छात्राको फाइनलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चलाई ५०–३४ ले हराउदै पहिलो भयो । तेश्रो भएको पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलाई ६१–२७ ले हरायो ।
क्रिकेट- मध्यमाञ्चललाई स्वर्ण
मध्यमाञ्चल फाइनलमा मध्यपश्चिमाञ्चललाई सजिलै ३४ रनले हराएर च्याम्पियन बन्यो । टस जिती पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।
मध्य पश्चिमाञ्चल जवाफमा १९.४ ओभरमा १२३ रनमा अलआउट भयो । सुरज तिमल्सिनाले चार र मुकेश शाहले तीन विकेट लिएपछि मधपश्चिमाञ्चलको पाली धराशायी भएको हो ।
तीनदिने प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, खेलकुद मन्त्रालयका सचिव लक्षमणप्रसाद मैनाली, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कृत गरे ।

राष्ट्रपति रनिङ सिल्ड खेलकुदको टिम च्याम्पियन मध्यमाञ्चल टोली ।

राष्ट्रपति रनिङ सिल्ड खेलकुदको टिम च्याम्पियन मध्यमाञ्चल टोली ।

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

December 20, 2024

ओमानलाई हराउँदै कुवेत फाइनलमा

एजेन्सी – ओमानमा जारी गल्फ टि ट्वान्टी आई च्याम्पियनसिपमा घरेलु टोलीलाई हराउँदै कुवेतले फाइनलमा स्थान बनाएको छ । शुक्रवार भएको खेलमा कुवेतले ओमानलाई ३ विकेटले हराउँदै शनिवार हुने फाइनलमा युएईसँगको भेट पक्का गरेको हो । ओमानले दिएको १ सय ४४ रनको लक्ष्य कुवेतले ७ विकेट गुमाएर १९.३ ओभरमा पूरा गर्यो । त्यसअघि टस जितेर पहिले […]

Success

Thank you for your time.