6 years ago
August 25, 2019
काठमाडौं (हाम्रो खेलकद) – नेपाली महिला धाविका राजपुरा पछाईले जापानमा भएको हाइकादो म्याराथनमा आफ्नो प्रदर्शनमा सुधार गरेकी छिन् ।
जापानको हाइकादोमा आइतबार बिहान भएको म्याराथनको महिलातर्फ राजपुराले निर्धारित (४२.१९५ किमि) २ घन्टा ५६ मिनेटमा पुरा गर्दै आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् ।
यसअघि राजपुराले गत बैशाखमा दाङमा भएको आठौं बृहत् राष्ट्रिय खेलकुदमा २ घन्टा ५९ मिनेट ३८ सेकेन्डका साथ स्वर्ण जितेकी थिइन् । उनले हाइकादोमा ३ मिनेट ३८ सेकेन्डको समय सुधार गरेकी हुन् । उनी म्याराथनमा १८औं स्थानमा आइन् ।
पुरुषतर्फ होमलाल श्रेष्ठले मध्यम प्रदर्शन गरिन् । राम्रो सुरुवात गरेपनि होमलालले अन्त्य फितलो बनेको थियो । उनले निर्धारित दुरी पुरा गर्न २ घन्टा ३२ मिनेट ३६ सेकेन्ड समय खर्चिए । उनी ६१औं स्थानमा रहे ।
नेपाल ओलम्पिक कमिटी र तामुरा सिटी फुकुसीमा सहरको स्पोर्टस् एक्सचेन्ज कार्यक्रम नेपाली टोलीले उक्त म्याराथनमा सहभागिताको मौका पाएको थियो । म्याराथन २१ बाट २६ अगस्टमा हुदैछ । खेलाडीद्धय राजपुरा र होमलालसँगै प्रशिक्षक धनीराम चौधरी र ओलम्पिक कमिटीका आयुष जोशी ३ भाद्रमा त्यसतर्फ प्रस्थान गरेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]