default_image

6 years ago

August 22, 2019

अद्रिनलाई स्वर्ण

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विजेश्वरीका अद्रिन शाहीले १४ औं हरेराम जोशी स्मृति उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् ।

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा अद्रिनले जुगलका समिर तामाङलाई ३–१ को सेटमा पराजित गरे ।

सोही स्पर्धाको गल्र्समा एभरेष्टकी प्रदीपा सुवालले फाइनलमा प्रभातकी दीपशिखा शशिकलालाई ३–१ कै सेटमा हराउदै पहिलो भइन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको यु–१२ सिंगल्सको ब्वाइजमा चिल्ड्रेन गार्डेनका आशिष भट्टराई तथा गल्र्समा एभरेष्टकी केरिना सुवाल पहिलो भए ।

फाइनलमा आशिषले सिद्धार्थ बनस्थलीका उज्ज्वल मानन्धर तथा केरिनाले युलेन्सकी शुभश्री श्रेष्ठलाई समान ३–२ को सेटमा पाखा लगाए । १२ स्पर्धा समावेश प्रतियोगिताका बाँकी खेल शनिबार हुनेछ

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.