6 years ago
August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै मोहन बमले पनि आफ्नो चुनौती पेश गर्नेछन् ।
पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ६० केजीमुनि मोहन बमले प्रतिस्पर्धा गर्नेछन् । मोहन अस्ट्रेलियाको मेलबर्नमा रहेकाले त्यत्तैबाट जापान जानेछन् । महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधानले खेल्नेछिन् ।
अगष्ट २५ देखि सेप्टेम्बर १ तारिखसम्म हुने च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुडो टोली शनिबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।
प्रशिक्षकमा जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित छन् । टोलीलाई संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]