default_image

6 years ago

August 18, 2019

ब्वाइज र गल्र्स डबल्र्समा नेपालको चुनौती समाप्त

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपमा नेपालको मिक्स डबल्स, ब्वाइज र गल्र्स डबल्र्समा चुनौती सकिएको छ ।

गुजरातमा आइतबार भएको ब्वाइज डबल्र्समा संयोग कपाली र विशाल गोलको जोडी हङकङका सिन विङ हाङ र टिसुन टिसाङको जोडीसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेट २–११ ले गुमाएको नेपालले दोस्रो सेट ११–९ ले जितेको थियो । तर, त्यसपछिको दुवै सेट नेपालले समान ७–११ ले गुमायो ।

अर्काे खेलमा रुविन महर्जन र सुजन गदालको जोडी पनि हङकङका लाल मिन चाङ र लुङहोक सोको जोडीसँग ११–४, ११–४, १२–१४ र ११–५ को सेटमा पराजित भयो।

गल्र्स डबल्र्समा इभाना थापामगर र वियन्का राईको जोडी चिनिया लु डाल र झियान झिनको जोडीसँग ३–० को सेटमा पराजित भइन् ।

यसअघि नेपालले मिक्स इभेन्टमा एलेन महर्जन र समिरा श्रेष्ठको जोडीले युएईका भिरेश्वर गुरुराज पटिल र दिया थक्करको जोडीलाई ३–१ को सेटमा पराजित गरेको हो । च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो ।

यसअघि नेपाली टोली टिम इभेन्टमा गल्र्सतर्फ थाइल्यान्ड, हङकङ र इन्डोनेसियासँग समान ३–० ले तथा ब्वाइजमा थाइल्यान्ड र भारतसँग समान ३–० ले नै पराजित भएको हो ।
अगष्ट १३ देखि २१ तारिखसम्म हुने च्याम्पियनसिपमा अब नेपालले ब्वाइज र गल्र्स सिंगल्स खेल्न बाँकी छ ।

च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको थियो । टोली प्रमुखमा विशाल खड्का तथा प्रशिक्षकमा पुरुषोत्तम वज्राचार्य, सिक्का सुवाल श्रेष्ठ र एलेक्स महर्जन रहेका छन् ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.