6 years ago
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलमा म्यारोडोनाको नामले परिचित स्वर्गिय मणि विक्रम शाहको स्मृतिमा इन्टर स्कुल फुटसल रनिङ शिल्ड च्याम्पियनसिप आयोजना हुने भएको छ ।
नेपाल खेलाडी तथा प्रशिक्षक संघ ३ नम्वर प्रदेश कमिटिले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता भदौ २३ बाट २९ गतेसम्म होम एन्ड अवेको आधारमा आयोजना हुनेछ ।
सहागी टोलीको फुटसल ग्राउन्ड नभएको अवस्थामा भने ढुकु फुटसलाई प्रयोगमा ल्याइने नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश नेवाले जानकारी गराए ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा करिव ३२ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले २५ हजार तथा दोस्रो हुनेले १५ हजार रुपैया हात पार्नेछ ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई विशेष पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक राजेश महर्जनले जानकारी गराए । प्रतियोगिताको अनुमानित लागत करिव १५ लाख रुपैया रहेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।