default_image

6 years ago

August 17, 2019

प्रथम मिराई कादम्बरी कप फुटसल सोमबारदेखि

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कादम्बरी मेमोरियल कलेजको आयोजनामा प्रथम मिराई कादम्बरी कप अन्तर कलेज फुटसल प्रतियोगिता सोमबारदेखि आयोजना हुने भएको छ ।

पछिल्लो समय युवापुस्तामा लोकप्रिय हुदैँ गएको फुसल खेललाई मध्यनजर गर्दै कलेजले भदौ २ गतेदेखि महिला र पुरुष दुवै विधामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा महिला र पुरुष दुवैमा गरी कुल २८ टोलीको सहभागिता रहेको कलेज प्रमुख प्रादिप्ता कादम्बरीले जानकारी गराइन् । प्रमुख प्रदिप्ताले यो प्रतियोगिता खेलमात्र नभई समाजमा भएको विकृति र बिसंगति बिरुद्द लक्षित एक अभियान समेत रहेको बताइन् ।

प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले १५ हजार रुपैया पाउनेछ । यो महिला र पुरुष दुवै विधामा हो । उच्च गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई बिशेष अवार्डको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक मीराई एजुकेशन कन्सलटेन्सी रहेको छ । प्रतियोगिताको सबै खेलहरु चाबहिलस्थित धन्यन्तरी फुसलमा हुनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.