6 years ago
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपको मिक्स डबल्समा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ ।
गुजरातमा शुक्रबार साँझ भएको खेलमा मिक्स डबल्र्समा एलेन महर्जन र समिरा श्रेष्ठको जोडीले युएईका भिरेश्वर गुरुराज पटिल र दिया थक्करको जोडीलाई ३–१ को सेटमा पराजित गरेको हो । च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो ।
यसअघि नेपाली टोली टिम इभेन्टमा गल्र्सतर्फ थाइल्यान्ड, हङकङ र इन्डोनेसियासँग समान ३–० ले तथा ब्वाइजमा थाइल्यान्ड र भारतसँग समान ३–० ले नै पराजित भएको हो ।
पहिलो सेटमा ११–८ को जित निकालेको एलेन र समिराको जोडीले दोस्रो सेट ५–११ ले गुमाउन पुगेको थियो । त्यसपछि नेपाली जोडीले तेस्रो र चौथो सेट क्रमशः ११–६ र ११–७ ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित निकाल्न सफल भएको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले हाम्रो खेलकुदलाई जानकारी गराए ।
अगष्ट १३ देखि २१ तारिखसम्म हुने च्याम्पियनसिपमा अब नेपालले ब्वाइज र गल्स डबल्स तथा ब्वाइज र गल्र्स सिंगल्स खेल्न बाँकी छ ।
च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको थियो । टोली प्रमुखमा विशाल खड्का तथा प्रशिक्षकमा पुरुषोत्तम वज्राचार्य, सिक्का सुवाल श्रेष्ठ र एलेक्स महर्जन रहेका छन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]