6 years ago
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपको टिम इभेन्टमा नेपालको गल्र्स र ब्वाइज दुवै टोलीले हार बेहोरेका छन् ।
गल्र्सतर्फ नेपाली टोली थाइल्यान्ड, हङकङ र इन्डोनेसियासँग समान ३–० ले पराजित भएको हो । पराजित भएको हो । ब्वाइजमा नेपाली टोली थाइल्यान्ड र भारतसँग समान ३–० ले पराजित भएको हो ।
गल्र्स टिम च्याम्पियनसिपमा नेपाली खेलाडीले बलियो राष्ट्रका खेलाडीविरुद्ध बलियो चुनौती दिन सकेन । इभाना थापामगर थाइल्यान्डका पोनकोनोक माउनग्वानसँग ३–१ को सेटमा पराजित भइन् । वियन्का राई नानापाट कोलासँग ३–१ को सेटमा तथा समिरा श्रेष्ठ नाट्यसँग ३–० को सेटमा पराजित भइन् । इभाना हङकङकी लि टुङसँग, वियन्का फुङ वाई चुकसँग र समिरा वान होङ टुङसँग समान ३–० को सेटमा पराजित भइन् ।
इभाना इन्डोनेसियाका डिवी ओक्ता भियनीसँग तथा समिरा अन्ना डुङजियोसँग समान घ–० को सेटमा पराजित हुदा वियन्का सिस्कासँग ३–२ को सेटमा पराजित भइन् । वियन्काले शुरुवाती दुई सेट आफ्नो पक्षमा पारेर पनि त्यसलाई जोगाउन सकिनन् ।
ब्वाइजतर्फ संयोग कपाली थाइल्यान्डका क्वानदनाईसँग, विशाल गोले पोरापाट र रुविन महर्जन पुन्नापाटसँग समान ३–० को सोझो सेटमा पराजिच भए । यस्तै अर्काे खेलमा संयोग भारतका चित्राक भट्टसँग, विशाल आकाश पलसँग र सुजन गडाल तमाल बल्लभसँग समान ३–० को सेटमा नै पराजित भए ।
नेपालले अब मिक्स डबल्स, ब्वाइज र गल्स डबल्स तथा ब्वाइज र गल्र्स सिंगल्स खेल्न बाँकी छ ।
अगष्ट १३ देखि २१ तारिखसम्म हुने च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको थियो । टोली प्रमुखमा विशाल खड्का तथा प्रशिक्षकमा पुरुषोत्तम वज्राचार्य, सिक्का सुवाल श्रेष्ठ र एलेक्स महर्जन रहेका छन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]