default_image

6 years ago

August 14, 2019

नेपालको पहिलो खेल ताजिकिस्तानसँग

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोटको पहिलो खेलमा नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग खेल्ने भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार निकालेको सार्वजनिक ‘ड्र’ अनुसार नेपालले अक्टोवर २३ मा ताजिकिस्तानसँग पहिलो खेल खेल्ने भएको हो । सेन्ट्रल र साउथ जोन अन्तरगत नेपाल रहेको समूह ‘ए’ मा उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । च्याम्पियनसिप इरानमा हुदैछ ।

दोस्रो खेलमा नेपालले २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।

च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ अन्तरगतको फुटसल कमिटिले सोमबारदेखि खेलाडी छनोट शुरु गरेको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.