6 years ago
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा हुने ३४ औं थाइ किङ्स कप विश्व च्याम्पियनसिपमा सहभागी हुने सेपाकताक्रो टोलीलाई शुक्रबार बिदाइ गरियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई बिदाइ गरे । अगष्ट २४ देखि सेप्टेम्बर १ तारिखसम्म बैंककको फेसन आइल्यान्डमा हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले रेगु र डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।
खेलाडीमा अनिल गुरुङ (कप्तान), रोशन तामाङ, रविन भट्टराई, विजय महतो र विपिन थनेट रहेका छन् ।
प्रशिक्षकमा शिवबहादुर राना र रोशन थापा मगर, व्यवस्थापकमा नेसिर मास्के, अफिसियलमा ध्रुवबहादुर गुरुङ र सीता सुवेदी तथा निर्णायकमा मेघराज तोलङ्गी र कल्पनाकुमारी चौधरी छन् । टोली अगष्ट २३ तारिखमा बैंकक जाने छ
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]