default_image

6 years ago

August 9, 2019

काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिपमा साम्भवीलाई दोहोरो उपाधि

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिटिस स्कुलकी साम्भवी पाल्लकले काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप (स्कुलस्तर) २०१९ मा दोहोरो उपाधि हात पार्न सफल भएकी छिन् ।

पाल्लकले छात्रा यु – १२ र यु – १४ दुवै तर्फ जित हात पार्दै दोहोरो उपाधी चुमेकी हुन् । पाल्लकले यु–१२ मा ग्यालेक्सी स्कुलकी शेरा जे शेर्पालाई २१–२ र २१–७ ले तथा यु–१४ मा ग्यालेक्सीकै निमा यान्जी शेर्पालाई २१–१० र २१–४ ले पराजित गर्दै दोहोरो उपाधि जित्न सफल भएकी हुन् ।

काठमाडांै जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको छात्र यु–१२ मा भ्याली भ्यू स्कुलका सक्षम ढकालले बौद्ध ईन्टरनेशनलका ककेश सत्याललाई २१–१३ र २१–५ ले पन्छाउँदै उपाधी हात पारे ।

छात्रकै यु–१४ मा क्यारिबियनका डेभिड थापा मगरले काठमाडौं मेरिडियनका अभियान कश्यपलाई २१– १३ र २१–१० ले पाखा लगाउँदै उपाधी चुमे ।

सोही अवसरमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा प्रशिक्षकको भूमिका निर्वाह गरेका प्रशिक्षक महेन्द्रलाल श्रेष्ठलाई कदर पत्र र नगद १० हजार बाट जिल्ला संघले सम्मान गरेको थियो । उनलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष संघिय प्रतिनिधी सभाका माननिय साँसद जीवन राम श्रेष्ठले कदर पत्र प्रदान गरेका थिए ।

विजयी खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै यु–१४ तर्फ पहिलो, दोश्रो र तेश्रोले क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार तथा यु–१२ तर्फका खेलाडीले नगद २०, १५ र १० हजार प्राप्त गर्नेछन् । नगद पुरस्कार खेलाडीहरुलाई बिशेष कार्यक्रमको आयोजना गरि पछि प्रदान गरिने आयोजक संघका अध्यक्ष दीपक थापाले जानकारी गराए ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी संसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष संजीव रेग्मी, ओलम्पियन दीपक बिष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मेडल, प्रमाण पत्र प्रदान गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.