6 years ago
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्समा ४५ वर्षपछि ऐतिहासिक स्वर्णपदक दिलाएका युवा खेलाडी अजित कुमार यादवलाई नेपाल एथलेटिक्स संघले शुक्रबार पुर्वघोषित पुरस्कारले सम्मानित गरेको छ ।
संघले राजधानीमा एक कार्यक्रममा बीच स्वर्ण धारी अजितललाई टिभीएस मोटरसाइकल प्रदान गरेको हो । यस्तै उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि संघले १ लाख रुपैयाँसहित सम्मानित गरेको छ । संघले झन्डै ६ महिनापछि अजित र उनका प्रशिक्षक धनीराम चौधरीलाई पुर्वघोषित पुरस्कारले सम्मानित गरेको हो ।
सोही अवसरमा संघले राखेपमा नवनियुक्त सदस्यसचिव रमेश कुमार सिलवालाई पनि स्वाग गरेका थिए ।
स्वर्ण विजेता अजितलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा सुनार, राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, उपाध्यक्ष पिताम्वर तिम्सिना र संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले मोटरसाइकलको चावी हस्तान्तरण गरे ।
अजितलाई सम्मान तथा बधाई ज्ञापन गर्दै मन्त्री जगत बहादुर सुनारले एथलेटिक्स नेपालको पुरानो खेल रहेको र पछिल्लो समय संघ विवादित अवस्थामा रहेकोमा मिलेर जान सुझाव दिए ।
यस्तै राखेप सदस्यसचिव रमेश कुमार सिलवालले अजितले सधै जित्ने मेन्टालिटी नछोड्न आग्रह गर्दै १३औं सागमा पनि पदकको अपेक्षा गरिएको बताए । उपाध्यक्ष पिताम्वर तिम्सिनाले पनि अजितलाई बधाई ज्ञापन गरे । संघका अध्यक्ष राजीवविक्रम शाहले संघमा केही विवाद रहेको र विस्तारै सुल्झदै गएको बताए ।
अजितले गत चैतमा हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाललाई ऐतिहासक स्वर्ण दिलाएका थिए । घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण हात पारेका थिए । यो स्पर्धामा अजितसहित १२ राष्ट्रका १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
राजविराजका १७ वर्षाीय अजितले निर्धारित दुरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पूरा गरे । उनले भारतका अमित जान्गिरलाई ६ सेकेण्डले पछि पारे । अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका थिए । यसैवर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४ दशमलव ९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियर भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३ दशमलव ५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।
अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । समग्रमा भने यो दोश्रो पदक हो । ४५ वर्षअघि १९७३ फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कास्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]