5 years ago
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रको लागि भारोत्तोलन खेलमार्फत सर्वाधिक पदक जित्न सफल ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा तेश्रो नेपाल स्ट्रङ्गेष्ट २०१९ भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
काठमाडौं जिल्ला भारोत्तोलन संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा पुरष गरि ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गराईने छ ।
स्व. सुनिललालको जन्म स्थान मरु टोलस्थित मरु बैङ्गक्वेटमा हुने प्रतियोतिामा पुरुष र महिलातर्फका स्ट्रङ्गेष्ट खेलाडीकरुलाई तेश्रो नेपाल स्ट्रङ्गेष्ट ब्यानेटका साथै नगद ११ हजार, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै वेष्ट लिफ्टरलाई ट्रफी प्रमाण पत्र तथा नयाँ राष्ट्रिय किर्तिमान बनाउने खेलाडीहरुलाई आर्थिक अभावका कारण विगतमा झै १ हजार नगद प्रदान गरिने आयोजकले जनाएका छन् ।
करिव १२ लाख ७९ हजार २ सयको लागत रहेको प्रतियोगितामा तीन विभागिय टोली र जिल्ला तथा क्लबका करिव ९० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । बाहिरबाट आएका खेलाडीहरुको लागि खाने र बस्ने बाबा गेष्ट हाउस कलंकीले ब्यवस्था गर्ने भएको छ । प्रतियोगिता आईडब्लुएफ र एडब्लुएफको नियमानुसार खेलाईने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको लागि स्व. सुनिललाल जोशीको श्रद्धान्जलीका समयमा संघका पदाधिकारी लगायत धेरैबाट आर्थिक सहयोग गर्ने बचन बद्धता प्राप्त भएता पनि तेश्रो संस्करण सम्म आई पुग्दा सम्म कतैबाट पनि बचन पुरा नभएका कारण प्रतियोगिता संचालन गर्न कठिनाई भएको प्रतियोगिता संयोजक तथा जिल्ला संघका उपाध्यक्ष रुकेश तण्डुकारले जानकारी गराए ।
तण्डुकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले प्रतियोगितालाई रातोबुकमा पार्नका लागि आग्रह गरेको बताए ।
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले ट्यालेन्ट हन्टबाट मीना चौधरीलाई छनोट गरेको छ । शुक्रबार वीरगंजको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेश टिमका मुख्य प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकहरुको टोलीले मीनालाई छनोट गरेको हो । एक दिन ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नखेलेका प्रतिभावाना खेलाडीहरु उपस्थित […]
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं म्याराथनको १६औं संस्करण अर्काे साता भएको छ । आयाेजकले शनिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत १६औं संस्करणकाे काठमाडौं म्याराथन १२ असोज (२०२४ सेप्टेम्बर २८) मा हुने जानकारी गराएकाे छ । काठमाडौं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियाे । विशेष र वृहत हुने यसपालीकाे दाैडमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार […]
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वात्सल्य एभरेष्ट महिला लिग (एभिएल) काे टोली काठमाडौं स्पाइकर्सले ट्यालेन्ट हन्टबाट रितिका भट्ट छनोट भएकी छिन्। दशरथ रंगशालामा शनिबार काठमाडौंका महिला खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको ट्यालेन्ट हन्ट इभेन्टबाट ६.१ फिटकी रितिका भट्ट उत्कृष्ट खेलाडी र बिजेताको रूपमा छनोट हुन सफल भएकाे काठमाडौं स्पाइकर्सले जनाएकाे छ। अब उनले काठमाडौं स्पाइकर्सकाे टोलीमा समावेश हुँदै […]