6 years ago
July 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा नेपाली महिला हक्की टोलीले सातौं स्थान हात पारेको छ ।
आइतबार बिहान थाइल्यान्डको चुनवरीमा भएको स्पर्धामा नेपाली महिला हक्की टोलीले सिंगापुरलाई २–१ ले पराजित गर्दै सातौ स्थान हात पारेको हो ।
महिला टोलीको यो प्रतियोगितामा दोस्रो जित हो । यसअघि महिला टोलीले समूह चरणमा फिलिपिन्समाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो ।
नेपाल समूह चरणमा उज्वेकिस्तानसँग ९–०, काजकस्तानसँग ८–० र इरानसँग ५–१ ले पराजित भएको थियो ।
यसअघि पुरुष हक्की टोलीले शनिबार फिलिपिन्सलाई ३–० ले पराजित गर्दै नवौं स्थान हात पारेको थियो । पुरुषतर्फ नेपाल सिंगापुरसँग १७–१, उज्जेकिस्तानसँग १३–२, काजकस्तानसँग १२–१ ले र चाइनिज ताइपेइसँग ७–६ ले पराजित भएको थियो ।
च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलातार्फ ९ टोलीको सहभागिता रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]