default_image

6 years ago

July 19, 2019

खेलकुदप्रति बफादार रहने छुः निवर्तमान सदस्य–सचिव बिष्ट

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान सदस्यसचिव केशवकुमार बिष्टले आफु जहाँ रहे पनि खेलकुद प्रति सदैभ बफादार रहने बताएका छन् ।

नेपाल बक्सिङ संघले आयोजना गरेको बिदाई कार्यक्रममा सदस्यसचिव बिष्टले कुनै न कुनै नाताले खेलकुदको विकास र विस्तारमा बफादार रहि रहने बताएका हुन् ।

‘म नियमित प्रक्रिया अनुसार राखेपको जिम्मेवारीबाट टाढा भएको हु । तपाईहरुले खेलकुदलाई नजिकबाट बुझेको क्षमतावान सदस्य–सचिव पाउनु भएको छ, सवै मिलेर वहाँको कार्यकाललाई सफल बनाउन इमान्दार भएर काम गरौं ।’ नि वर्तमान सदस्यसचिव विष्टले भने ।

नेपाल बक्सिङ संघले बिदाईका अवसरमा संघका अध्यक्ष राम अवालेले विष्टलाई नेपाली खेल क्षेत्रको विकास र विस्तारमा यहाँले पु¥याउनुभएको योगदान स्मरणीय रहेको भन्दै सम्मान पत्र प्रदान गरेको थियो ।

बिदाई तथा सम्मान कार्यक्रममा ओलम्पियन,बक्सिङ खेलाडी,पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.