6 years ago
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगदसहित सम्मान गरेको छ ।
एकेडेमी र क्लबको संयुक्त आयोजनामा भएको मदन भण्डारी रोड रेसका पदक विजेतालाई नगद पुरस्कार वितरण गर्न आयोजित कार्यक्रम केसी र मानन्धरलाई सम्मान गरिएको हो । दुवैलाई समान १०–१० हजार नगद प्रदान गरियो । सोही अवसरमा हङकङमा भएको जुनियर एसियाली एथलेटिक्सका स्वर्ण विजेता अजितकुमार यादवलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
पाँच किलोमिटर दूरीको रोड रेसमा विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष खुलामा अजितकुमार यादव पहिलो, सन्तोषविक्रम विष्ट दोश्रो र खिमबहादुर खत्री तेश्रो भएका थिए । तीनै एपीएफका हुन् ।
सो स्पर्धाको महिलामा प्रहरीकी राजपुरा पछाईंले स्वर्ण, काठमाडौंकी सन्तोषी श्रेष्ठले रजत र एपीएफकी फुलमति राना कांस्य जितेका थिए । शीर्ष तीन स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरियो ।
जुनियर पुरुषमा सिग्माका प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोश्रो र श्री गणेशका नवीनकुमार कार्की तेश्रो भएका थिए । उक्त स्पर्धाको महिलामा प्राइम ग्लोबलकी जुनिल सुनुवार पहिलो, जेसिजकी श्रयस्का सिल्पकार दोश्रो तथा पञ्च कन्याकी सोनु घतामी तेश्रो भए । पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार तथा तेश्रोले ५ हजार नगद पुरस्कार हात पारे ।
उनीहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संस्थापक अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]