6 years ago
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको सुझोउमा आयोजना हुने ‘ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप २०१९ मा सहभागी हुनका लागि ६ सदस्यीय नेपाली जुनियर ब्याडमिन्टन टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
एसियाको जुनियर खेलाडीहरुको महाकुम्भ मेला ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ युवा सनसनी प्रिन्स दाहाल र प्रफुल महर्जन तथा महिलामा जेसिका गुरुङ र सीमा राजवंशीले आफ्नो चुनौती पेश गर्नेछिन् ।
टोलीको प्रशिक्षकमा मेघराज कठायत रहेका छन् । टोलीको नेतृत्व नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य रोहित टन्डनले गरेका छन् ।
च्याम्पियनसिपको अम्पायरिङका लागि कनिष्ठ राष्ट्रिय ब्याडमिन्टन अम्पायर कृतन खड्का तीन दिन अगावै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
जुनियर टोलीलाई राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठलगायत संघका पदाधिकारीले शुभकामनासहित बिदाई गरे ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]