default_image

6 years ago

July 18, 2019

तेक्वान्दो टोली मलेसिया प्रस्थान

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।

प्रतियोगितामा सुजन घर्ती मगर, एलिशा सुनुवार, अभिषेक कट्वाल क्षेत्री, विसन गुरुङ, कृष थापा, आर्यन बस्नेत, धर्मजित विक, आश्था दाहाल, विपुल अर्याल, रुपसना जर्घा, सागर छन्त्याल, कुमार तामाङ, सरोज तामाङ, ज्ञानबहादुर परियार, रोकश गुरुङ, कृतिक भण्डारी र निर्मल लामा रहेका छन् ।

टोली प्रमुखमा कुमार लामा घिसिङ, व्यवस्थापकमा महेश्वर नेपाल तथा प्रशिक्षकमा बब्लु सिवाकोटी र बलराम कार्की छन् । जुलाई १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.