6 years ago
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव रमेश कुमार सिलवाललाई स्वागत गर्दै १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघले बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमकाबीच खेलाडीलाई स्वागत गर्दै अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो । संघले बुझाएको ध्यानाकर्षण पत्रमा सागका स्वर्णधारी, एसियन गेम्सका पदकधारी र ओलम्पियनलाई प्रोत्साहन स्वरूप दिदै आएको आजीवन भत्तालाई निरन्तरता दिदै सागका रजत र कास्य पदकधारीलाई पनि भत्ता उपलब्ध गराउन माग गरेको छ ।
यस्तै सरकारले सागमा ३ भन्दा बढी स्वर्ण जिते खेलाडीलाई मात्र नगदसहित सम्मान गरिदै आएको र ३ भन्दा कम स्वर्ण जित्ने खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मानित गराउन समेत माग गरेको छ ।
यस्तै संघले राष्ट्रिय खेलकुदका स्वर्ण विजेता खेलाडीले धेरै पछि मात्र नगद पुरस्कार पाउने गरेको बताउदै मेडलसँगै नगद पुरस्कार उपलब्ध गराउन समेत माग गरेको छ ।
नेपालमा आयोजना हुने १३ औं साग ४ महिना बाँकी रहदा पनि खेलाडीले उच्च स्तरको प्रशिक्षण नपाएको र खेलाडीको क्षमता अभिवृद्धि गर्ने काम कछुवा गतिमा भईरहेकोमा विषयमा गम्भीरता पुर्वक ध्यान दिनु पर्ने समेत संघले माग गरेको छ ।
खेलाडी संघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सदस्यसचिव सिलवालले मागबारे आफु पहिले नै जानकार रहेको र विस्तृत योजना बनाएर माग सम्बोधन गर्ने बताए । उनले राखेपमा थुप्रै सुधार्नुपर्ने ठाउ रहेको र यसका लागि आफु लागि पर्ने बताएको छ ।
उनले कतार विश्वकपको दोस्रो चरणको एसियन छनोटमा नेपालले घरेलु मैदानमा भदौंमा कुवेत र चाइनिज ताइपेइसँगको खेलका लागि दशरथ रंगशाला तयार पारिने गरी कार्य गरिने बताए । यसो हुन सके १३औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुनेमा शंका नहुने उनले थपे ।
सदस्य सचिवलाई संघका अध्यक्ष दीपक श्रेष्ठले सफल कार्यकालको शुभकामनना दिए । संघका मानार्थ तथा निवर्तमान अध्यक्ष दीपक विष्टले पनि उनलाई सदस्यसचिव विष्टलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]