6 years ago
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पाँच महिनापछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को केहि खेलको आयोजनास्थलका रुपमा हेरिएको पोखरा रंगशाला निर्माणका विषयमा बुधबार छलफल भएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) खेलकुद सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले रंगशाला निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोट्र्स इन्फ्रा र नेपालको एनए कन्स्ट्रक्सनका प्रतिनिधिसंग छलफल गरेका हुन् ।
मुख्यतः निर्माण कार्यलाई समयमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । सो अवसरमा निर्माणको जिम्मा पाएको संस्थाका प्रतिनिधिले समयमा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको राखेपले जनाएको छ ।
१३ औं साग मंसिर १५ देखि २५ गते सम्मका लागि काठमाडौं र पोखरामा आयोजना हुने तय छ । नेपालल यसअघि सन् १९८४ मा पहिलो र १९९९ मा आठौं साग आयोजना गरेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]