6 years ago
July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका दुवै टोली (महिला र पुरुष) राजधानीमा जारी ११औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तरगतको भलिबलतर्फ उपाधिनजिक पुगेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको महिलातर्फको सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि २–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकीले सुदूरमाथि २६–२४ र २५–१७ को सहज जित निकाल्यो ।
अर्काे सेमिफाइनलमा प्रदेश ५ ले प्रदेश १ लाई पराजित गर्दै फाइनलमा गण्डकीसँगको भेट पक्का ग¥यो ।
पुरुषतर्फ गण्डकीले प्रदेश ५ लाई २–१ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गर्न सफल भयो । गण्डकीले पहिलो सेट २५–२२ ले सहजै आफ्नो बनाएको थियो । दोस्रो सेटमा पनि एक समय ५ अंकको अग्रता लिएको गण्डकीले लगतार अंक गुमाउन पुग्दा गण्डकी २५–२७ ले पछि परेको थियो । तर, निर्णायक सेटमा गण्डकीले २५–१२ को सहज जित निकाल्यो ।
दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ माथि २–० को सहज जित हात पार्दै फाइनलमा गण्डकीसँगको भेट पक्का ग¥यो । सुदुरले प्रदेश १ लाई २५–२२ र २५–२१ ले हरायो ।
फाइनल खेल मंगलबार हुनेछ । भलिबलमा चार प्रदेशबाट छात्र/छात्राको टिमले सहभागिता जनाएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]