6 years ago
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्रातर्फ दुई नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् ।
प्रदेश ५ की संगीता अधिकारीले सटपुटमा ११.६८ मिटर टाढा फाल्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचिन् । संगीताले ३२ वर्षअघि २०४४ मा सपना मल्लले बनाएको ११.२३ मिटरको कीर्तिमान भंग गरेकी हुन् ।
४ सय मिटर दौडमा प्रदेश ५ कै अरुणा रिजालले निर्धारित दूरी १ मिनेट १।०३ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको १ मिनेट ३ सेकेन्डको कीर्तिमानमा सुधार गरिन् । कीर्तिमानधारी दुवैले समान १० हजार नगद पुरस्कार पाउने छन् ।
छात्राको १ हजार ५ सय मिटर दौडमा प्रदेश ७ की सीमा चौधरी ५ मिनेट १९.५ सेकेन्ड, लङजम्पमा प्रदेश ५ की सीमा चौधरी ४.८६ मिटर, १ सय मिटर दौडमा प्रदेश १ की नेहा चौधरी १३.१० सेकेन्ड र ४ गुणा १ सय मिटर रिलेमा प्रदेश ५ पहिलो भए ।
छात्रको सटपुटमा प्रदेश ५ का महेश चौधरी ११.७४ मिटर, लङजम्पमा प्रदेश ५ का सुदीप थारु ६.१० मिटर, ४ सय मिटर दौडमा सिमान्त पाण्डे ५१.४० सेकेन्ड, १ हजार ५ सय मिटर दौडमा प्रदेश ७ का केशर मास्के ४ मिनेट १८.८ सेकेन्ड र ४ गुणा १ सय मिटर रिलेमा प्रदेश ५ पहिलो स्थानमा रहे ।
सिमान्तले १ सय मिटर दौडमा पनि स्वर्ण हात पारे । उनले निर्धारित दूरी ११.१७ सेकेन्डमा सकाए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]