default_image

5 years ago

June 29, 2019

युनिफाइट भर्सिटी फुटसल कपको उपाधि इलाइटलाई

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम ललितपुर ४ युनिफाइट भर्सिटी फुटसल कपको उपाधि इलाइट स्पोट्सले जितेको छ। धोविघाट फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई १–० ले पराजित गर्दै उपाधि जितेको हो।

उपाधिसँगै इलाइटले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा सिमित भएपछि ढुकू ३० हजार रुपैयाँमा चित्त बुुझाउन बाध्य भयो ।

प्रतियोगिताको उत्कृष्ठ प्लेयर इलाइटका सन्दीप कार्की र गोलरक्षक ढुकूका नेत्र श्रेष्ठ भए । प्रतियोगिताका विजेता क्ल्व तथा खेलाडीलाई उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष खुसकुमार जोशीले पुरस्कार प्रदान गरे ।

प्रथम ललितपुर ४ युनिफाइट भरसिटी फुटबल क्ल्वले आयोजना गरेको प्रतियोगितामा उपत्यकाका ३२ टोलीको सहभागीता रहेको क्लवका सचिव किसोर केसीले जानकारी दिए । लिगकम नकआउटको आधारमा गरिएको प्रतियोगिता एकसात पहिले सुरु भएको थियो ।

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

December 20, 2024

ओमानलाई हराउँदै कुवेत फाइनलमा

एजेन्सी – ओमानमा जारी गल्फ टि ट्वान्टी आई च्याम्पियनसिपमा घरेलु टोलीलाई हराउँदै कुवेतले फाइनलमा स्थान बनाएको छ । शुक्रवार भएको खेलमा कुवेतले ओमानलाई ३ विकेटले हराउँदै शनिवार हुने फाइनलमा युएईसँगको भेट पक्का गरेको हो । ओमानले दिएको १ सय ४४ रनको लक्ष्य कुवेतले ७ विकेट गुमाएर १९.३ ओभरमा पूरा गर्यो । त्यसअघि टस जितेर पहिले […]

Success

Thank you for your time.