6 years ago
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले यस प्रदेश अन्तरतग रहेका १३ वटा जिल्लालाई खेल सामग्री प्रदान गरेको छ ।
करिव १३ लाख रुपैया बराबरको खेल सामग्री प्रादेशीक संघका उपाध्यक्ष दिपक मल्होत्राले प्रायोजन गरेका हुन् । उनले जिल्ला संघका अध्यक्षलाई सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतथी मल्होत्राले नेपाली तेक्वान्दोको गर्वीलो इतीहासको सम्झना गर्दै फेरी एक पटक त्यही इतीहास तर्फ फर्कनलागि शुभकामना व्यक्त गरे ।
नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले नेपाली तेक्वान्दोमा मल्होत्राको प्रबेश महत्वपूर्ण भएको बताए । आयोजक सस्थाका प्रमुख केशब पुरीले खेलाडीका लागि थप सहयोग गर्ने प्रयास सस्थाको तर्फबाट भइरहेको जानकारी दिए । कार्यक्रममा प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष प्रकास खड्गीले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका सचिव नबीन कुमार श्रेष्ठ र दिपक विष्ट, सह कोशाध्यक्ष सुमन घले, सदसय संगीना बैद्य। राष्ट्रिय खेलकुद परिषद्का सदइ एकेन्द्र कुवँर र मुख्य प्रशिक्षक नन्दु राइ लगायतको उपश्थिती थयो । सोही अबसरमा तेश्रो डानको ग्रेडिङमा सहभागि खेलाडीलाई प्रमाणपत्र वितरण पनि गरियो ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]