default_image

5 years ago

June 28, 2019

मोर्गनलाई दोहोरो सफलता

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मोर्गन इन्टरनेसनल कलेजले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो सफलता हात पारको छ ।

बसुन्धारास्थित घरेलु कोर्टमा ब्वाइजतर्फ मोर्गनले इन्फ्यान्टलाई ४६–३७ ले पराजित ग¥यो । मोर्गनको जितमा सुमन कार्कीले १४ अंक योगदान दिए । गल्र्समा प्रजिता कार्कीको १५ अंक सहयोगमा मोर्गनले बर्न हार्टलाई ४६–२५ ले हरायो ।

ब्वाइजको अर्को खेलमा हेराल्डले बर्न हार्टमाथि ३८–२७ को जित निकाल्यो । हेराल्डका प्रशान्त गुरुङले १० अंक जोडे । प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र मोर्गनका संस्थापक प्रिन्सिपल डा. दीपेन्द्र भण्डारीले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे ।

असार २२ गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

November 26, 2024

एनिपएल खेल्न हङकङका बाबर काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]

November 26, 2024

सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबीच सम्झौता

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य प्लाईसँग प्रायोजन सम्झौता गरेको छ । सुदूरपश्चिमले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । मंगलवार सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि सिइओ खड्काले […]

November 26, 2024

अयुबको शतकमा जिम्बाब्वेमाथि पाकिस्तानको सहज जित

एजेन्सी – युवा ओपनर सइम अयुबको शतक सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली जिम्बाब्वेमाथि सहज जित हात पारेको छ । मंगलवार भएको खेलमा पाकिस्तानले जिम्बाब्वेमाथि १० विकेटको सहज जित हात पार्यो । जितका साथ ३ खेलको ओडिआई सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ । जिम्बाब्वेले दिएको १ सय ४६ रनको सामान्य लक्ष्य पाकिस्तानले […]

Success

Thank you for your time.