6 years ago
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चितवन जिल्ला मुवाँथाइ संघको आयोजनामा मिस्टर एन्ड मिस मुवाँथाइ च्याम्पियनसिप साउन पहिलो सातादेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष तथा महिलामा समान ५–५ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष उत्तम गुरुङले जनाएका छन् । ३० खेलाडीको सहभागिता रहने बताइएको छ ।
फाइनलमा काठमाडौंमा हुनेछ भने त्यसअघिका प्रतिस्पर्धा चितवनको भरतपुरमा खेलाइने आयोजकले जनाएको छ ।
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका चन्द्र कुवँर र सफल विकको जोडीआठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २-१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्ट चन्द्र र सफलको जोडी १८-२१,२१-१४, १५-८ ले विजयी भएको हो […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]