9 years ago
May 24, 2016
काठमाडौं – झापाका भुपेन्द्र निरौलाले १९ औ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन्। उनी नवौं चरणको खेलमा फिडे मास्टर बिलमलाल श्रेष्ठसंग पराजित भएका थिए। निरजले सात अंक जोडेका थिए।
नेपाल बुद्धिचाल संघको आयोजनामा र ईलाम जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ललितपुरका सजिन महर्जन साढे ६ अंक सहित दोस्रो स्थानमा रहे । उनले पुर्ब नेपाल नेपाल च्याम्पियन नवीन तन्डुकारलाई पराजित गरे ।
केशब श्रेष्ठले नेपाल आर्मीका हिमाल लामासंग बराबरी खेली ६ अंक प्राप्त गरी तेस्रो स्थान हात पारे।
काभ्रेका क्षितिज भण्डारी चौथो र ललितपुरका बिलमलाल श्रेष्ठ पाँचौ भए।
महिलामा काठमाडौंका सिन्दिरा जोशीलाई
त्यसैगरी चौथो महिला राष्ट्रिय बुद्धिचालको उपाधि काठमाडौंका सिन्दिरा जोशीले हात पारिन्। उन्ले ७ अंक हात पारी समान अंक नै हासिल गरेका शान्ता थापा र मोनालिसा खम्बुलाई बुकोल्स प्रणाली टाईब्रेकमा पछि पारेका थिए। सुजना लोहनी चौथौ र अस्मिता अधिकारी पाँचौ भईन।
शिर्ष पाँचौ स्थानमा रहेका खेलाडीले सेप्टेम्बर १ देखि १५ सम्म अजरबैजानमा हुने ४२ औ चेस ओलम्पियाडमा नेपालीको प्रतिनिधित्व गर्नेछन् ।
बिजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले पुरस्कृत गरेका थिए।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]