6 years ago
June 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नाइटिङ्गेल कलेज एसईई फुटसल कप शुभारम्भ भएको छ ।
यस प्रतियोगितामा आयोजक नाइटिङगेल कलेज लगायत उपत्यकामा एसईई दिइएर बसेका विद्यार्थीहरुको समुह मिलाएर ८ वटा टीम सहभागि भएको छ ।
प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १८ वर्ष मुनिका विद्यार्थीहरु खेलिरहेको छ । कुपण्डोल सानेपास्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा प्रतियोगिता नकआउटको आधारमा संचालन भइरहेको छ ।
प्रतियोगिताको विजेताले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै टीम विजेतालाई त्यस कलेजको कक्षा ११ मा पूर्ण छात्रवृतिमा अध्ययन गर्न पाउनेछ ।
यस्तै विद्यागत तर्फ बेष्ट प्लेयर बेष्ट किपर र हाइस्कोररलाई प्रोत्साहन स्वरुप १ हजार नगर पुरस्कार, मेडल र सर्टिफिकेट प्राप्त गरिने आयोजकले जानकारी दिइएको छ ।
आजको पहिलो खेलमा नाइटिङ्गेल कलेज, श्रीटिका, फाईभस्टार फुटसल र डिभाइन फुटबल क्लबले जित निकालेको छ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । दुई देशबीचको खेल पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार मंगलवार दिउँसो २ः४५ मा सुरु हुदैछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले कुनै पनि आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]