9 years ago
May 21, 2016
काठमाडौं – क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले ईलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनशीपमा एकल अग्रता लिएका छन् । शनिबार चौथो चरणको खेलमा निरौलाले वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई हराउँदै अग्रता लिन सफल भएका हुन् । कालो गोटिबाट खेलेका भुपेन्द्रले स्कच डिफेन्स प्रणालीमा भएको खेलको २३ औं चालमा केशवले गरेको सानो गल्तिको फाईदा लिँदै ६५ औं चालमा जीत हात पारेका हुन् । तेश्रो चरणको खेलमा सर्लाहीका कमल श्रेष्ठलाई पराजित गरेका भुपनेन्द्रको ४ खेलबाट ४ अंक छ ।
सिवानी एयरलाईन्सको मुख्य प्रायोजन तथा नेपाल निमार्ण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा स्थानीय समिट होटलमा जारी च्याम्पियनशीपमा ललितपुरका ओलम्पियाड खेलाडी ३ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन् । तेश्रो चरणमा फिडेमास्टर मनिष हमाललाई समेत बराबरीमा रोकेका सजिनले चौथो चरणको स्पर्धामा राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितीज भण्डारीलाई पराजीत गरेका हुन् ।
नेपाल आर्मी क्लबका हिमाल लामा, नेपाल पुलिस क्लबका पुरुषोत्तम चौंलागाईं, पूर्व राष्ट्रिय च्यामिपयन नविन तण्डुकार तथा फिडेमास्टरत्रय मनिष हमाल, बिलमलाल श्रेष्ठ र सुजेन्द्रप्रसाद श्रेष्ठले चार खेलबाट समान तीनतीन अंक बनाएका छन् । आर्मीका हिमाल तेश्रो चरणमा फिडेमास्टर सुजेन्द्रसँग बराबरीमा रोकिए भने चौथो चरणमा कमल श्रेष्ठलाई हराउन सफल भए । त्यसैगरी पुलीसका पुरुषोत्तमले तेश्रो तथा चौथो चरणमा क्रमशः काठमाडौंका भगवतीप्रसाद शर्मा तथा ललितपुुरका बाबुराजा महर्जनलाई हराए । तेश्रो चरणमा सजिनसँग रोकिएका मनिषले चौथो चरणमा समेत बिलमलालसँग बराबरीको नतिजा व्यहोरे । उता बिलमलालले तेश्रो चरणमा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीमाथि जीत हात पारे भने सुजेन्द्रले चौथो चरणमा भक्तपुरका विकास कुलुजुलाई हराए ।
केशव श्रेष्ठ, रिजेन्द्र राजभण्डारी, क्षितीज भण्डारी, ललितपुरका रविन्द्र शाक्य, झापाका प्रकाश नेपाल तथा एपीएफ क्लबका सुमित पन्तको समान २ दशमलब ५ अंक भएको छ ।
चौथो महिला राष्ट्रिय चेस च्याम्पियनसीपमा मोनालीसा खम्बु र अस्मीता अधिकारी समान ३ दशमलब ५ अंकका साथ संयुक्त अग्रता बनाउन सफल भए । पूर्व च्याम्पियन समेत रहेकी मोनाले चौथो चरणमा वर्तमान च्याम्पियन विना जयसवाललाई पराजीत गरिन भने अस्मिताले नेशनल बी च्याम्पियन सिन्दिरा जोशीलाई हराईन । सिन्दीरा, वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ समान तीनतीन अंकमा रहेका छन् । त्यसैगरी एपिएफका शान्ता थापा, विना जयसवाल तथा संगीता जयसवालको समान २ दशमलब ५ अंक भएको छ । बिशेखा जयसवाल, आभा पुडासैनी, अनिशा न्यौपाने, सुजना लोहनी, अन्जु शाह समान दुई दुई अंकमा रहेका छन् ।
नेपाल बुद्धिचाल संघको आयोजना तथा ईलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको स्थानीय व्यवस्थापनमा भईरहेको च्याम्पियनशीप अन्र्तगत आईतबार पाचौं तथा छैटौं चरणका खेल हुनेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]