default_image

6 years ago

June 16, 2019

ब्याडमिन्टनमा निर विक्रमलाई अष्ट्रेलियामा दुई स्वर्ण

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेका नेपाली ब्याडिमन्टिन खेलाडी निर विक्रम देवकोटाले ब्रिसवनमा आयोजना भएको सगरमाथा ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् ।

निरले पुरुष एकल र पुरुष डबल्र्समा स्वर्ण जित्न सफल भएका हुन् । पुरुष डबल्समा निरले एस्टन गुरुङसँग मिलेर स्वर्ण जित्न सफल भएका हुन् ।

१७औं वरीयताका निर केही समयअघि अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेका थिए ।
पुरुष एकल र पुरुष डबल्र्सको टाइसिट ३२–३२ को रहेको थियो ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष डबल्स , महिला डबल्स, ब्वाइज एकल र यु–१२ ब्वाइज सिंगल्र्स गरी ६ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता नेप्लिज एसोसिएसन अफ क्वीन्सल्यान्डले आयोजना गरेको हो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.