6 years ago
June 8, 2019
काभ्रे (हाम्रो खेलकुद) – नमुना प्रगती युवा क्लब दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
काभ्रे बेथानचोकमा शनिबार भएको सेमिफाइनलमा नमुनाले महांकाल गाउपालिकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो ।
निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट २६–२४ ले जितेको थियो । दोस्रो सेट नमुनाले २३–२५ ले गुमाएको थियो । तेस्रो सेट पनि नमुनाले २६–२८ ले गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट नमुनाले २५–२१ र १५–१२ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।
यसअघि शनिबारै भएको क्वाटरफाइनलमा नमुनाले लड्केश्वर युवा क्लबलाई २–० को सेटमा तथा महांकालले मन्डन देउपुर नगरपालिकालाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो ।
अर्काे क्वाटरफाइनलमा बनेपा नगरपालिकाले महाभारत गाउपालिकालाई २–१ को सेटमा पराजित गर्दै सेािमफाइनलमा पुग्न सफल भयो । खानी खोला ‘ए’ ले आयोजक बेथानचोक ‘ए’ लाई २–० को सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भयो ।
जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ढुंखर्क बोर्डिङ स्कुलको मैदानमा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]