6 years ago
June 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्यामन्दिर (एभीएम) ले टिम इभेन्टसमा दोहोरो स्वर्ण हात पारेको छ । शनिबार भएको खेलमा एभीएम ब्वाइज र गल्र्स दुवैमा स्वर्ण जित्न सफल भएको हो ।
ब्वाइजमा एभीएमले युरो किड्स बिराटनगरलाई ३–१ को सेटमा हरायो । सुनाखरी धरान र पब्लिक एकेडेमी धरानले कास्य पाए । गल्र्समा एभीएमले प्रभातलाई ३–० को सेटमा हराउदै स्वर्ण जिते । ब्लु बर्ड र विडिएसले कास्य पाए ।
यु–१० ब्वाइजमा एसभीआइका उज्वल मानन्धरले एभीएमका कृष्ण महरालाई ३–२ को सेटमा हराउदै स्वर्ण जिते । सिजिएका आशिष भट्टराई र तोरणका प्रभात सेढाईले कास्य पाए । गल्र्समा उलनेसका शुभश्री श्रेष्ठले क्यारिना सुवाललाई ३–२ को सेटमा हराउदै स्वर्ण जिते । प्रोक्सिमाकी नर्मदा खाइतु र एभीएमकी आश्मा पहरीले कास्य जिते ।
यु–१२ ब्वाइजमा एभीएमका एलेन महर्जनले एभीएमकै आयुष भारतीलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जिते । एभीएमका प्रानिशेख भारती र एभीएमकै आयुष ताम्रकारले कास्य पाए । गल्र्समा एभीएमकी वियान्का राईले प्रभातकी प्रदीपा सुवाललाई ३–० ले पराजित गर्दै स्पर्ण जितिन् । महालक्ष्मीकी विनिता डंगोल र प्रोक्सिमाकी सृष्टिका लिवीले कास्य पाइन् ।
यु–१४ ब्वाइजमा पुष्पासदनका सिद्धार्थ तामाङले पब्लिक धरानका नवराज राईलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जिते । डिपिएसका रेहान्त बस्नेत र पब्लिकका सरुन श्रेष्ठले कास्य हात पारे । गल्र्समा एभीएमकी इभाना थापामगरले प्रोक्सिमाकी दिया देउलाबीच आइतबार फाइनल हुनेछ । जनकनाथकी इना डंगोल र प्रभातकी आरती सुवालले कास्य पाइन् ।
यु–१६ ब्वाइजमा आइतबार एभीएमका विशाल गोले र युरोका विश्व बानिया तथा एभीएमका रुविन महर्जन र एभीएमकै सुजन गडालबीच खेल हुनेछ । फाइनल पनि आइतबार नै हुनेछ ।
गल्र्समा एभीएमकी समिरा श्रेष्ठ र ब्लुबर्डकी प्रानिका कुँवरबीच खेल हुनेछ । प्रभातकी कृतिका तामाङ र जुगलकी आशिका मगरले कास्य हात पारिन् ।
मिक्स डबल्र्समा एभीएमका रुविन र इभानाको जोडीले प्रोक्सिमाका रोमन र दिया तथा एभीएमका विशाल र वियान्का र एभीएमकै सुजन र समिराबीच खेल हुनेछ ।
गल्र्स डबल्स्मा एभीएमकी वियान्का राई र इभानाले प्रभातकी आरती र प्रदीपालाई हराइन् । ब्वाइज डबल्स्को फाइनलमा आइतबार बिशाल र रुविन तथा सुजन र समरबीच खेल हुनेछ ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]